दश प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालले मात्रै नभई निजी अस्पतालले पनि विपन्न नागरिकलाई सुलभ सेवा दिनुपर्ने बताए ।
ह्याम्स अस्पतालले व्यवस्थापन सम्हालेको भक्तपुरस्थित नागरिक अस्पतालको अत्याधुनिक उपकरणयुक्त लेभल–३ आइसियु कक्षको आज उद्घाटन गर्दै उनले निजी अस्पतालले गरिब र भुइँ तहका मान्छेलाई सरकारी नीति अनुसार १० प्रतिशत निःशुल्क सेवा दिनुपर्ने बताएका छन् ।
उनले भने, “निजी स्वास्थ्य संस्था सेवामुखी व्यापार हो, सरकारको नीति र मापदण्डलाई पालना गरिदिनुस्, पारदर्शी रुपमा १० प्रतिशत निःशुल्क बेड भर्ना लिनुस् । यो अस्पताल भुइँमान्छेको पनि अस्पताल हो भन्ने अनुभूति दिलाइदिनुस् ।”
स्वास्थ्य बिमालाई एक लाखबाट पाँच लाख पुर्याएर कार्यान्वयनको तयारी भइरहेको बताउँदै उनले विकसित मुलुकमाझैँ प्रत्येक नागरिकको योगदानलाई सुनिश्चित गर्नेगरी नागरिक योगदानमा आधारित बिमा प्रणाली लागू गर्न सके निःशुल्क सेवा दिन सकिने बताए ।
“स्वास्थ्य बिमामा सरकारको बजेट सात अर्ब छ, अहिलेकै अवस्थामा ४९ अर्ब बजेट व्यवस्था गरेपनि नपुग्ने देखिन्छ, यस्तै अवस्था रहे अर्को साल स्वास्थ्य बिमा सेवा नै बन्द हुन्छ”, मन्त्री पौडेलले भने, “हामी बिमा प्रणाली व्यवस्थित गरेर स्वास्थ्यको पुनःसंरचना गर्न लागि रहेका छौँ ।”
कार्यक्रममा ह्याम्स अस्पताल तथा नागरिक अस्पताल अध्यक्ष रामशरण भण्डारीले निजी क्षेत्रका अस्पतालहरुको सरकारले ग्रेडिङ गरेर शुल्क निर्धारण गर्नुपर्ने बताए । उनले निजी अस्पतालले सरकारको नीतिअनुसार चल्नुपर्छ भनेर ‘आइपीओ’मा गएको बताउँदै सबैमा यो नीति लागू हुनुपर्नेमा जोड दिए ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नेपाल कोरियामैत्री अस्पतालले मात्रै बिरामी थेग्न नसकेको अवस्थामा नागरिक अस्पतालले सेवा दिने बताउँदै भक्तपुरमा अत्याधुनिक अस्पताल सञ्चालनमा आउँदा उपचारका लागि काठमाडौँका अस्पतालको भर पर्नु नपर्ने बताए ।
कार्यक्रममा आइसियु विशेषज्ञ डा .अर्जुन कार्कीले आइसियुमा उच्चस्तरीय प्रविधि, उपकरण, विज्ञ, दक्ष नर्स र औषधिको उपचार गर्ने र धेरै बिरामी निको पारेर पठाउने सकिने बताएका छन् ।
अस्पतालका मेडिकल डाइरेक्टर डा कुन्दनसिंह कार्कीले अस्पताललाई अत्याधुनिक उपकरणयुक्त बनाउँदै उपचार सेवा र उपकरण दुवैमा भक्तपुरको उत्कृष्ट अस्पताल बनाउने लक्ष्यका साथ सेवा सञ्चालनमा ल्याएको बताए ।















सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
भारतको एससीबी अस्पतालमा भएको आगलागीमा परी १० जनाको मृत्यु
सन नेपाल लाइफले गर्यो २०८३ सालको क्यालेन्डर लोकार्पण
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
प्रतिक्रिया