परासीबाट चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण

नवलपरासी । यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपाङ्ग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेको छ । यहाँ २०७८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो । कार्यालयले यस अगाडि मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र दिँदै आएको थियो ।
सेवा थप भएसँगै चारपाङ्ग्रे सवारीसाधन (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, (ई–रिक्सा) र (ट्रयाक्टर)को अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिनुभयो । कार्यालयबाट ब्लूबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपाङ्ग्रेका लाइसेन्स वितरणको काम हुँदै आएको छ ।
यसैबीच सवारीसाधन ग्रेडिङ गरी अनुमतिपत्र दिने नीति लागू भएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अमृत भण्डारीले बताउनुभयो । पछिल्लो समय दुर्घटना व्यवस्थापनका लागि सवारीचालकले अनिवार्य अनुमतिपत्र लिएरमात्र सवारीसाधन चलाउने नियममा कडाइ गर्न थालिएको छ ।













नेप्सेमा १३ अंककाे गिरावट, काराेबार पनि घट्याे
विवादबीच पुस २७ र २८ गते कांग्रेसको विशेष महाधिवेशन घोषणा
Trump says US to get 30 million to 50 million barrels of oil from Venezuela at market price
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १७५ कर्मचारी सम्मानित
खैरो हिरोइनसहित बैतडीबाट पाँच जना पक्राउ
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
प्रतिक्रिया