मुख्यमन्त्रीसमक्ष अध्ययन कार्यदलद्वारा प्रतिवेदन प्रस्तुत

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण प्रतिवेदनलाई गम्भीर रूपमा अध्ययन गरी कार्यान्वयन गरिने बताएका छन् ।
प्रदेश सरकारले गठन गरेकोे संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माणसम्बन्धी अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आगामी २१ दिनभित्र अध्ययन गरी आवश्यक सुझाव लिखित रूपमा बुझाउन समेत निर्देशन दिए।
मुख्यमन्त्री कार्कीले प्रतिवेदनमा औँल्याएका कानुन निर्माण, संशोधन र साझा र एकल अधिकार, मन्त्रालयको कानुन निर्माण, नियमावलीसम्बन्धी सुझाव दिनसमेत आन्तरिक मामिला मन्त्रालयलाई निर्देशन दिए। उनले प्रतिवेदन प्रदेश संरचनासहित संघीय र स्थानीय सरकारका लागि मार्गदर्शन हुने बताए।
मुख्यमन्त्री कार्कीले भने, ‘मुलुकमा राजनीतिक स्थायित्वको चरण सुरु भएकोमा खुसी छु , प्रदेशको आगामी हिउँदे अधिवेशनमा विधेयक, ऐन निर्माण, संशोधनलगायत थुप्रै विजनेश प्रदेशसभाले प्राप्त गर्ने तयारी सरकारले गरेको छ ।’ उनले प्राप्त प्रतिवेदन आगामी २१ दिनपछि सार्वजनिक गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
प्रदेश सरकारले विसं २०८१ वैशाख २७ गते चुडामणि आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो ।
















काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया