बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्नु पर्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्न सकेमा यसले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित नेशनल इन्स्योरेन्स डिस्कोर्षमा बोल्दै उनले बीमाले देशको अर्थतन्त्रमा पुँजी निर्माण गर्न ठूलो भूमिका खेल्ने बताए ।
अर्थतन्त्र चलायमान हुन अर्थतन्त्रका सबै क्षेत्र चलायमान हुन आवस्यक रहेको बताउदै उनले बीमाको पूजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्ने जानकारी दिए ।
बैंकमा पर्याप्त तरलता हुँदैमा अर्थतन्त्र चलायमान हुने रहेनछ भन्ने पछिल्लो आर्थिक अवस्थाले देखाएको छ । यसको लागि अर्थतन्त्रका सबै क्षेत्रको उत्तिकै योगदान रहन्छ । सबै क्षेत्र चलायमान हुन जरुरी छ। उनले भने ।
अध्यक्ष ढकालले बीमा क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब २ लाख भन्दा बढिले रोजगारी सिर्जना गरेको भन्दै यसको विकास र विस्तारले थप रोजगारी सिर्जना हुने धारणा राखे ।
यस्तै उनले बीमाको प्रीमियम बढी भएको , बीमा भुक्तानीमा समस्याको गुनासो आउने गरेको भन्दै यसको सुधारका लागि पहल गर्न नियामक निकायलाई आग्रह गरे ।
अध्यक्ष ढकालले नियामक निकायलाई बीमा कम्पनीहरुको माइक्रो म्यानेजमेन्ट गर्नु भन्दा कम्पनीलाई नै स्वयम जिम्मेवार बनाउन सके प्रभावकारी हुने सुझाव समेत दिए ।
कूल जनसंख्याकोे ४४ प्रतिशतमा पुगेको बीमाको पहँच विस्तार आवश्यक रहेको भन्दै अध्यक्ष ढकालले वीमाको दायरा बढाउन बीमाको महत्वबारे जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।















भोजपुरमा आजदेखि सुरु भयो ‘वन डढेलो व्यवस्थापन सप्ताह’
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
स्रोत नखुलेको नगदसहित काठमाडौँबाट दुई जना पक्राउ
धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया