बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्नु पर्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्न सकेमा यसले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित नेशनल इन्स्योरेन्स डिस्कोर्षमा बोल्दै उनले बीमाले देशको अर्थतन्त्रमा पुँजी निर्माण गर्न ठूलो भूमिका खेल्ने बताए ।
अर्थतन्त्र चलायमान हुन अर्थतन्त्रका सबै क्षेत्र चलायमान हुन आवस्यक रहेको बताउदै उनले बीमाको पूजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्ने जानकारी दिए ।
बैंकमा पर्याप्त तरलता हुँदैमा अर्थतन्त्र चलायमान हुने रहेनछ भन्ने पछिल्लो आर्थिक अवस्थाले देखाएको छ । यसको लागि अर्थतन्त्रका सबै क्षेत्रको उत्तिकै योगदान रहन्छ । सबै क्षेत्र चलायमान हुन जरुरी छ। उनले भने ।
अध्यक्ष ढकालले बीमा क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब २ लाख भन्दा बढिले रोजगारी सिर्जना गरेको भन्दै यसको विकास र विस्तारले थप रोजगारी सिर्जना हुने धारणा राखे ।
यस्तै उनले बीमाको प्रीमियम बढी भएको , बीमा भुक्तानीमा समस्याको गुनासो आउने गरेको भन्दै यसको सुधारका लागि पहल गर्न नियामक निकायलाई आग्रह गरे ।
अध्यक्ष ढकालले नियामक निकायलाई बीमा कम्पनीहरुको माइक्रो म्यानेजमेन्ट गर्नु भन्दा कम्पनीलाई नै स्वयम जिम्मेवार बनाउन सके प्रभावकारी हुने सुझाव समेत दिए ।
कूल जनसंख्याकोे ४४ प्रतिशतमा पुगेको बीमाको पहँच विस्तार आवश्यक रहेको भन्दै अध्यक्ष ढकालले वीमाको दायरा बढाउन बीमाको महत्वबारे जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया