ब्राजिलमा पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु
मेरोन्यूज
२०८१ पुष २९ गते १७:१४

ब्रासिलिया । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा मुसलधारे वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको मिनास गेरैस राज्यको उद्धार निकायले आइतबार जनाएको छ ।
शनिबार राति इपाटिङ्गा शहरमा एक घण्टाभित्रै करिब ८० मिलिमिटर वर्षा भएको थियो जसका कारण उक्त क्षेत्रमा पहिरो गएको थियो।
पहिरोले घरहरू भत्काएको र भग्नावशेषमुनि फेला परेका आठ वर्षीय बालकसहित हालसम्म नौ जनाको मृत्यु भएको छ ।
उद्धार टोलीले नजिकैको सान्ताना डो पाराइसो शहरमा अर्को मृत शरीर फेला परेको बताएको छ ।
आइतबार साँझसम्म पहिरोमा परी एक जना वेपत्ता भएका र चार जनाको उद्धार गरिएको छ ।
मिनास गेरैस राज्यका गभर्नर रोमेउ जेमाले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै पहिरोमा परिवारका सदस्य र आफन्त गुमाएका व्यक्तिहरूको दुःखमा सरकार रहने भन्दै समवेदना प्रकट गरेका छन् ।
सम्बन्धित
















लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया