बढ्यो पेट्रोल, डिजेल र मटीतेलको मूल्य
मेरोन्यूज
२०८१ माघ २ गते २०:५८
काठमाडौं । पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढेको छ ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य बढाएको हो ।
मूल्य वृद्धिसँगै प्रति लिटर १६० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ भने प्रतिलिटर १५० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने डिजेल र मटीतेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया