शुक्रबार, वैशाख ४, २०८३

संचारकर्मी बस्नेतलाई अमेरिकाबाट कम्यूनिटी मिडिया अवार्ड

मेरोन्यूज २०८१ माघ ६ गते १६:५०

न्यूयोर्क । अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाबाट ‘कम्यूनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरिएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

अमेरिकाको न्यूयोर्कबाट संचालित भईरहेको त्रिवेणी टाइम्सले आफ्नो प्रथम बार्षिकोत्सवका अवसरमा बस्नेत सहित ७ जना संचारकर्मीहरुलाई फस्ट कम्यूनिटी मिडिया अवार्ड २०२५ प्रदान गरेको हो । न्यूयोर्कमा आयोजित एक बिशेष समारोह मिडियालाई समूदायमा जोडन अतुलनीय भूमिका खेले वापत उनीहरुलाई अवार्ड प्रदान गरिएको त्रिवेणी टाइम्सले जनाएको छ । अवार्ड संगै न्यूयोर्क राज्यको एसेम्बली मेम्बर जेनिफर राजकुमारको अफिसले सम्मानपत्र समेत उपलब्ध गराएको छ ।

कम्यूनिटी मिडिया अवार्ड २०२५ पाउनेमा नेपालबाट अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत, मन्जुर हुसैन दुनिया इन्टरनेशन एण्ड ग्लोबल टिभी अमेरिका, हरप्रित सिंह तोर मेनस्ट्रीम मिडिया अमेरिका, सम्राट कार्की हेलो अमेरिका, लोबलु अन्सार बंगलादेश प्राटिशन, युई जी चाइना प्रेस, डेव ल्लावानेश जिएमए नेटवर्क अमेरिका रहेका छन् ।

‘नेपाली मिडिया उद्योगको नेतृत्व गरिरहेका बस्नेत मिडिया र समूदायलाई कसरी जोड्ने भन्ने एक उहाहरण हुन्’ अवार्ड बितरण समारोहमा उद्घोष गदै त्रिवेणी टाइम्सका संचालक नवराज केसीले भने ‘ नेपालको बिश्वासीलो मिडिया हाउस अन्नपूर्ण मिडिया नेटवर्कका माध्यमबाट उनले मिडिया र समूदायलाई जोड्ने अदभूत काम गरिरहेका छन । त्यही क्रममा अन्नपूर्ण मिडिया नेटवर्कलाई अन्तराष्ट्रिय मिडिया हाउस बनाउदै अमेरिकामा बसोबास गरिरहेका नेपालीमुलका अमेरिकन समूदायहरुलाई जोड्न गरिरहेका छन । जुन आफैमा सराहनी छ ।’ मिडिया र समूदायलाई जोड्न बस्नेतले गरेको कामको मूल्यांकन गदै कम्यूनिटी मिडिया अवार्ड २०२५’ का लागि छनोट गरि अवार्ड प्रदान गरेको उनले बताए ।

प्रतिक्रिया