समीक्षा अधिकारीको गुनासो– श्री एयरलायन्सबाट धोका पाएँ

काठमाडौं । गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सबाट धोका पाएको भन्दै गुनासो गरेकी छन् ।
आइतबार सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै गायिकाले यस एयरलाइन्सको कारण आफ्नो कार्यक्रम छुटेको बताइन् ।
‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो । तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलाइन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ । अन्य एयरलाइन्सले धमाधम प्लेन उडाइरहेका छन्’, उनले लेखेकी छन् ‘केहि दिनअघि पनि मैले यही एयरलाइन्सबाट धोका पाएपछि नेपालगन्जको कार्यक्रम नै छुटाउनु परेको थियो । आज पनि म बिहानैदेखि काठमाडौँ एयरपोर्टमै छु ।’
गायिका समीक्षाले थप लेखेकी छन् ‘श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन। ‘यस्तो घटना कि त अन्य एयरलाइन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन् ?, कि त यो एयरलाइन्सको काम छैन ।’










यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया