भीम रावललाई समर्थन गर्दै ५९ जनाले छाडे एमाले (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)को विभिन्न तहमा रहेका ५९ नेता–कार्यकर्ताले पार्टी छाडेका छन् । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै संयुक्त रूपमा उनीहरूले पार्टी परित्याग गरेका हुन् ।
सोमबार एक विज्ञेप्ति जारी गर्दै पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई एमालेबाट निकालिएकोमा उनीहरूले आपत्ति जनाएका छन् । “नेकपा (एमाले)का पूर्वउपाध्यक्ष डा. भीम रावललाई अध्यक्ष केपी ओलीको निर्देशनमा २०८१ साल पुस १० गते सचिवालयको बैठकबाट पार्टी सदस्यता नरहने गरी निष्कासन गरिएको स्वेच्छाचारी निरंकुश र तानाशाही निर्णयको हामी विरोध र भर्त्सना गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
डा. रावलले प्रस्ताव गरेको मातृभूमि जागरण अभियानलाई पूर्ण रूपमा समर्थन र सहयोग गरी अगाडि बढ्ने उनीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । “कम्युनिस्ट र समाजवादका विरोधीहरूसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमानदार र देशभक्त सदस्यहरूले बसिरहनुको कुनै औचित्य छैन,” विज्ञप्तिमा उल्लेख छ ।
पार्टी परित्याग गर्नेहरूमा एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर,सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायत छन्।

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया