भीम रावललाई समर्थन गर्दै ५९ जनाले छाडे एमाले (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)को विभिन्न तहमा रहेका ५९ नेता–कार्यकर्ताले पार्टी छाडेका छन् । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै संयुक्त रूपमा उनीहरूले पार्टी परित्याग गरेका हुन् ।
सोमबार एक विज्ञेप्ति जारी गर्दै पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई एमालेबाट निकालिएकोमा उनीहरूले आपत्ति जनाएका छन् । “नेकपा (एमाले)का पूर्वउपाध्यक्ष डा. भीम रावललाई अध्यक्ष केपी ओलीको निर्देशनमा २०८१ साल पुस १० गते सचिवालयको बैठकबाट पार्टी सदस्यता नरहने गरी निष्कासन गरिएको स्वेच्छाचारी निरंकुश र तानाशाही निर्णयको हामी विरोध र भर्त्सना गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
डा. रावलले प्रस्ताव गरेको मातृभूमि जागरण अभियानलाई पूर्ण रूपमा समर्थन र सहयोग गरी अगाडि बढ्ने उनीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । “कम्युनिस्ट र समाजवादका विरोधीहरूसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमानदार र देशभक्त सदस्यहरूले बसिरहनुको कुनै औचित्य छैन,” विज्ञप्तिमा उल्लेख छ ।
पार्टी परित्याग गर्नेहरूमा एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर,सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायत छन्।
















प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया