बिहीबार, फागुन १, २०८१

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलमा पर्यटकको आकर्षण बढ्यो (भिडियाेसहित)

मेरोन्यूज २०८१ माघ ७ गते १८:५७

बागलुङ । बागलुङ र पर्वत जिल्ला जोड्ने गरि कालीगण्डकी नदीमाथि निर्माण भएको झोलुङ्गे पुलमा पछिल्लो समय आन्तिरक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।

Advertisement

सिङ्गल स्पानको यो पुल नेपालकै लामो झोलुङ्गे पुल भएको दाबी गरिएको हुँदा मुक्तिनाथ, बागलुङ कालिका र गलेश्वर जाने हजारौँ पर्यटक यहाँ आउने गरेका हुन् ।

यहाँका बजारमा समेत अहिले आन्तरिक पर्यटकको भीड हुने गरेको छ । धौलागिरिका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजारमा रौनकता छाएको छ ।

पुलमा अधिकांश युवायुवतीको भीड हुने गरेको पाइन्छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको संख्या निकै बाक्लो देखिन्छ ।

पुलमा दैनिक डेढ सयदेखि दुई सयसम्म पर्यटक आउने गरेका छन् । यो पुल पाँच सय ६७ मिटर लामो छ  ।

विसं २०७७ देखि सञ्चालनमा आएको यो पुल करिब नौ करोड २५ लाख रुपैयाँमा सम्पन्न भएको हो ।

प्रतिक्रिया