‘फेस अफ स्मार्ट किड्स २०२४’ को ग्राण्ड फिनाले सम्पन्न, गौरव र प्राव्यालाई उपाधि

काठमाडौं। युथ कृयसन नेपालद्वारा आयोजित बालबालिका केन्द्रित ‘फेस अफ स्मार्ट किड्स २०२४’ को अन्तिम प्रतिस्पर्धा महाराजगञ्ज स्थित रोयल दरबार बैंक्वेटमा सम्पन्न भएको छ।
प्रतिनिधि सभा सदस्य मिना तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा मेल तर्फ ‘मिस्टर फेस अफ स्मार्ट किड्स २०२४’ को उपाधि गौरव लामा र ‘फिमेल मिस फेस अफ स्मार्ट किड्स २०२४’ को उपाधि प्राव्या रावलले जितेका छन् ।
सोही प्रतियोगितामा श्रेयंश श्रेष्ठ र सम्पदा भुजेल फर्स्ट रनरअप, मायक लामा र सेली पूर्जा सेकेण्ड रनरअप घोषित भए। प्रतियोगितामा विजेता बन्दै उनीहरूले क्राउन, गिफ्ट ह्याम्पर लगायत उपहार प्राप्त गर्नुका साथै अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने भएका छन् ।
अन्तराष्ट्रिय आयोजकद्वारा विजयी प्रतियोगीहरूलाई हवाई टिकटमा २५ हजार रूपैयाँ बराबरको सहुलियत उपलब्ध गराउने जनाइएको छ ।
कार्यक्रममा अभिनेता सरोज खनाल मुख्य निर्णायकको भूमिकामा थिए भने ईन्टरनेशनल मोडल जोर्डन राजभण्डारी, मिसेस गुरुङ २०२४ की विजेता निलम गुरुङ, मेकअप आर्टिष्ट टेकराज पाण्डे र कलाकार सस्मिता गिरी निर्णायकका रुपमा रहेका थिए ।
अन्तराष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा संचालित उक्त प्रतियोगितामा प्रतिस्पर्धीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाककला तथा नेतृत्वदायी क्षमताको विकास भएको आयोजक संस्थाका सीईओ रबि लामा तामाङको दाबी छ ।
समाजमा बालबालिकाहरूलाई सक्षम र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिएका छन् ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया