मंगलबार, वैशाख ८, २०८३

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी आयोगमा दर्ता, चुनाव चिह्न सिलिण्डर

मेरोन्यूज २०८१ माघ ८ गते १६:१४

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

निर्वाचन आयोगले सो पार्टीलाइ औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए । आयोगबाट दल दर्ताको प्रमाणपत्र पनि लिइ सकिएको छ । उनको पार्टीको चुनाव चिन्ह ‘ग्याँस सिलिन्डर’ तोकिएको छ ।

‘आज मिति २०८१ माघ ८ गते निर्वाचन आयोगद्वारा  ूराष्ट्रिय मुक्ति पार्टी नेपालू नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरिएको छ,’ अध्यक्ष राजेन्द्र महतोले जारी गरेको सुचनामा भनिएको छ, ‘चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ।’

उनका अनुसार दल दर्ता नं २०१ कायम भएको छ। स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि  सक्रियता साथ पार्टीमा लाग्न महतोले अपील पनि गरेका छन ।

महन्थ ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी उनले नयाँ अलग्गै पार्टी दर्ता गरेका हुन्  । 
 

प्रतिक्रिया