राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी आयोगमा दर्ता, चुनाव चिह्न सिलिण्डर

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ ।
निर्वाचन आयोगले सो पार्टीलाइ औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए । आयोगबाट दल दर्ताको प्रमाणपत्र पनि लिइ सकिएको छ । उनको पार्टीको चुनाव चिन्ह ‘ग्याँस सिलिन्डर’ तोकिएको छ ।
‘आज मिति २०८१ माघ ८ गते निर्वाचन आयोगद्वारा ूराष्ट्रिय मुक्ति पार्टी नेपालू नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरिएको छ,’ अध्यक्ष राजेन्द्र महतोले जारी गरेको सुचनामा भनिएको छ, ‘चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ।’
उनका अनुसार दल दर्ता नं २०१ कायम भएको छ। स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न महतोले अपील पनि गरेका छन ।
महन्थ ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी उनले नयाँ अलग्गै पार्टी दर्ता गरेका हुन् ।











राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया