नेटाले करिब ८१९ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्यो, अब अन्तर्राष्ट्रिय बिक्री दोब्बर पार्दै

काठमाडौँ । चिनियाँ कार निर्माता कम्पनी होजोन अटो (नेटा) ले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ । यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको छ । लगानी पाएसँगै अब २०२५ मा नेटालेे मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित भएर बिक्रीलाई दोब्बर पार्ने योजना बनाएको बताएको छ ।
नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको देखिएको थियो । चाइना ईभी डाटा ट्र्याकरका अनुसार, नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१ हजार ५ सय ९२ युनिट बिक्री गरेको थियो, जसमा वार्षिक ४०.२ प्रतिशत गिरावट देखिएको थियो । यद्यपि, नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन् ।
नेटाले ठूलो बाह्य लगानी प्राप्त गर्यो
डुन्युज रिपोर्टअनुसार, नेटाले करिब ६ अर्ब युआन लगानी प्राप्त गरेको छ । रिपोर्टका अनुसार, राज्य-स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले यो लगानीमा सहभागिता जनाएको छ । २०२३ को जनवरीमा नेटा सीएटीएलको बेड्रोक च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी बनेको थियो ।
नेटाको एल क्रसओभर सीएटीएलको फ्रिबोय ब्याट्री (सोडियम मिसिएको) प्रयोग गर्ने पहिलो मोडलहरूमध्ये एक हो । यसले नेटा र सीएटीएलबीच लामो साझेदारी रहेको देखाउँछ । कम्पनीका एक कर्मचारीका अनुसार, कम्पनीले सञ्चालन सुनिश्चित गर्न आन्तरिक समायोजन पूरा गरिसकेको छ । अटोमोबाइल उत्पादन र बिक्रीपछिका पार्ट्स आपूर्ति कायम राख्न कम्पनीको मुख्य ध्यान केन्द्रित छ । हाल नेटाले चीनभित्र डिलरसिप नेटवर्कमा ध्यान केन्द्रित गरिरहेको छ ।
नेटाको अन्तर्राष्ट्रिय बजारमा ध्यान
१७ जनवरी २०२५ मा नेटाले दोस्रो अन्तर्राष्ट्रिय डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो । २०२५ मा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर पार्ने लक्ष्य राखेको छ । गत वर्ष, नेटाले अन्तर्राष्ट्रिय देशहरूमा ३० हजार युनिट गाडी बेचेको थियो । अहिलेको लक्ष्य भनेको ६० हजार युनिट बिक्री हो ।
नेटाले यसअघि दुईदेखि तीन वर्षभित्र आधा उत्पादनको बिक्री घरेलु बजार र आधा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजना साझा गरेको थियो । घरेलु बजारमा भइरहेको कडा मूल्य प्रतिस्पर्धाबाट बच्न कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई अवसरको रूपमा लिएको छ । हाल नेटाले दक्षिणपूर्व एसिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशहरूमा १८० भन्दा बढी बिक्री च्यानल विस्तार गरेको छ ।
















युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया