संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।
उता, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल एेनलाइ संसोधन गर्न बनेको बिधेयकको सबन्धमा श्रम, सामाजिक तथा रोजगार मन्त्रालयसँग सबन्धित दफाहरूमा छलफल हुनेछ ।
साथै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुने समितिले जनाएको छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया