सोमबार, वैशाख १४, २०८३

मन्थली अस्पताल भवन पालिकालाई हस्तान्तरण

मेरोन्यूज २०८१ माघ १० गते १२:२०

मन्थली (रामेछाप)। पन्ध्र श्ययाको मन्थली अस्पतालको नवनिर्मित भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

Advertisement
NiccNicc

भारत सरकारको आर्थिक सहयोगमा १० करोड १३ लाखको लागतमा निर्मित दुईतले नगर अस्पतालको भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख सुमन सालिकेले बुधबार मन्थली नगर प्रमुख लव श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

उनले मन्थली नगरका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशव धामी र निर्माण व्यवसायी सजन श्रेष्ठको रोहवरमा हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख श्रेष्ठले अस्पतालको सञ्चालन र व्यवस्थापन गर्न पालिकालाई सहज भएको बताए । साथै उनले नयाँ भवन भएपछि अस्पतालको सेवा विस्तार गर्ने सोचमा आफू रहेको जानकारी पनि दिए । नगरको योजनाअनुसार मन्थली अस्पताललाई प्रदेश अस्पतालका रूपमा विस्तार गर्ने योजना उनले सुनाए ।

प्रतिक्रिया