दिपल ई०७ नेपालमा सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

काठमाडौं । नेपालका लागि चांगान कार तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु बृद्धिले अटोमोबाइल उद्योगमा नयाँ सेग्मेन्ट स्थापना गर्दै विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयुभी दिपल ई०७ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
‘भर्सटाइल, इन्टेलिजेन्ट, क्यापाबल र स्टाइलिस’ दिपल ई०७ ले मानव जातिको यात्रा अनुभवमै क्रान्ति ल्याउने अपेक्षा गरिएको छ ।
चांगानको एकसय ६३ वर्ष लामो विरासतलाई नयाँ युगमा पुर्याउने अपेक्षा गरिएको दिपल ई०७ मा चांगानको प्राथमिकतामा रहेको अत्याधुनिक प्रविधि र अद्वितीय डिजाइन त छँदै छ अब अफरोड क्षमतालाई पनि सम्बोधन गरेको छ । ई०७ एउटा एसयुभी मात्र होइन ‘लाइफस्टाइल स्टेटमेन्ट’ हुनेछ ।
दिपल ई०७ संसारकै पहिलो ‘मास–प्रड्युस्ड ट्रान्सफर्मर एसयुभी’ हो जुन एउटा बटन थिच्दा एसयुभीबाट ट्रकमा कन्भर्ट हुन्छ जसले यसलाई सहरका लागि मात्र होइन अफरोडका लागि पनि उत्तम बनाउनेछ ।
यसको डिजाइन ‘स्लिक र एरोडाइनामिक्स’लाई ध्यानमा राखेर गरिएको छ तर ‘पर्फमेन्स अपरोड’का लागि जाति हुनुका साथै आरामदायी पनि छ । १९० किलोवाटको ‘रियरह्विल ड्राइभ’ले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ भने यसको रेन्ज ५६६ किलोमिटर ‘डब्लुएलटीपी’ रहनेछ र यसमा ‘अल्ट्रा–फास्ट डीसी चार्जर’को क्षमता रहेको छ ।
कठोर भौगोलिक अवस्था र सडकका लागि बनाइएको ई०७ को ‘वाटर–वेडिंग’ क्षमता ६०० एमएम रहेको छ । साथै यसमा २८.८६ इन्चको ‘अग्मेन्टेड एचयुडी’ र ‘थ्रीडी मोडेल कार कन्ट्रोल इन्टरफेस’ रहेको छ । यसबाहेक ‘जिरो ग्रेभिटी’, १८ स्पिकर, ‘अटोपार्किंक’ जस्ता फिचरहरु छन् ।
अफरोडका लागि यसमा अत्याधुनिक ‘सस्पेन्सन सिस्टम’ राखिएको छ । अगाडि ‘डबल विसबोन’ र पछाडि ‘एच आर्म सस्पेन्सन’ राखिएको छ जसले ‘रोड इम्प्याक्ट’लाई सोस्नुका साथै खराब सडकमा ‘टायर कन्ट्याक्ट’लाई ‘स्टेबल’ राख्छ ।
यो क्रान्तिकारी इभीले विश्व बजारमा ‘इन्टेलिजेन्ट’, दीर्घकालीन र बहुउपयोगी साधन बनाउने चांगानको नीतिलाई अघि सारेको छ ।
ई०७ ले एसयुभीमा नयाँ सेग्मेन्ट स्थापना गरेको छ जसले पारम्परिक एसयुभी डिजाइनबाट उल्लेखनीय उडानलाई प्रतिनिधित्व गर्छ । एसयुभीबाट पिकअप ट्रकमा रुपान्तरण हुने यसको क्षमताले असमानान्तर ‘भर्साटाइलिटी’ प्रदान गर्छ र यसले आधुनिक उपभोक्ताको विविध आवश्यकतालाई सम्बोधन गर्छ ।















रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया