केपी ओलीले सरकारमा बसिरहन आवश्यक छैन् : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अवैध भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसिरहन नहुने बताएका छन् ।
बिहीबार खजुरा गाउँपालिका बाँकेको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली सरकार अपारदर्शी, असंवैधानिक भ्रष्टहरूको सरकार भएको जिकिर गरेका हुन् ।
माओवादीलाई २०६४ साल जस्तै ०८४ मा पनि बहुमत दिएपछि भ्रष्टाचारको जरो उखेलेर फाल्ने बताउँदै दाहालले भने, “अहिले हाम्रो ३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडेका छौँ । २०६४ मा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । फेरि एक पटक नयाँ लडाइ लड्नु छ । त्यसका लागि तपाईँले साथ दिनुपर्नेछ । माओवादी आफ्नै खुट्टा, आफ्नै एजेण्डामा उभिने छ । भ्रष्टाचारीसँग समीकरण गरिँदैन ।”
कांग्रेस–एमालेसँग सहकार्य गरेर गल्ती गरेकाले अब त्यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘हामी अहिले आत्मसमीक्षा गरेर अघि बढिरहेका छौं । कहिले कांग्रेस, कहिले एमालेसँग सहकार्य गरेर माओवादीकै पहिचान हराउँला भन्ने डर भएको थियो । अब त्यो गल्ती गरिनेछैन। अब माओवादी आफ्नै खुट्टा र एजेण्डामा उभिन्छ । अब भ्रष्टाचारीहरुसँग समीकरण हुँदैन ।’


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया