केपी ओलीले सरकारमा बसिरहन आवश्यक छैन् : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अवैध भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसिरहन नहुने बताएका छन् ।
बिहीबार खजुरा गाउँपालिका बाँकेको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली सरकार अपारदर्शी, असंवैधानिक भ्रष्टहरूको सरकार भएको जिकिर गरेका हुन् ।
माओवादीलाई २०६४ साल जस्तै ०८४ मा पनि बहुमत दिएपछि भ्रष्टाचारको जरो उखेलेर फाल्ने बताउँदै दाहालले भने, “अहिले हाम्रो ३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडेका छौँ । २०६४ मा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । फेरि एक पटक नयाँ लडाइ लड्नु छ । त्यसका लागि तपाईँले साथ दिनुपर्नेछ । माओवादी आफ्नै खुट्टा, आफ्नै एजेण्डामा उभिने छ । भ्रष्टाचारीसँग समीकरण गरिँदैन ।”
कांग्रेस–एमालेसँग सहकार्य गरेर गल्ती गरेकाले अब त्यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘हामी अहिले आत्मसमीक्षा गरेर अघि बढिरहेका छौं । कहिले कांग्रेस, कहिले एमालेसँग सहकार्य गरेर माओवादीकै पहिचान हराउँला भन्ने डर भएको थियो । अब त्यो गल्ती गरिनेछैन। अब माओवादी आफ्नै खुट्टा र एजेण्डामा उभिन्छ । अब भ्रष्टाचारीहरुसँग समीकरण हुँदैन ।’









तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया