किसानलाई कृषि औजार वितरण

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका किसानलाई कृषि औजार वितरण गरेको छ । पचास प्रतिशत अनुदानमा १२ लाख ६२ हजार बराबरका कृषि औजार वितरण गरिएको हो ।
परियोजनाअन्तर्गत गत वर्ष पनि ६२ मिनिटिलर (हाते ट्रयाक्टर) किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको परियोजना प्रमुख खेमराज शाहीले जानकारी दिए । कृषिमा यान्त्रिकीकरण गर्दै उत्पादन वृद्धि गर्न मिनिटिलर वितरण गरिएको हो । छिटोछरितो र लागत घटाउने उद्देश्यले मिनिटिलर अनुदानमा वितरण गरिएको प्रमुख शाहीको भनाइ छ ।
जिल्लाका आठवटै स्थानीय तहका कृषि उद्यमी, कृषि समूह र सहकारीलाई ५० प्रतिशत लागत साझेदारीमा मिनिटिलर (हाते ट्रयाक्टर) वितरण गरिएको हो । प्रतिमिनिटिलर (हाते ट्रयाक्टर) ५० प्रतिशत लागत साझेदारीमा वितरण गरिएको हो । किसानले अनुदानमा मिनिटिलर लिने र प्रयोग नगर्ने समस्या रहेकाले अनुमगन गरिने परियोजना कार्यान्वयन एकाइ जुम्लाका सूचना अधिकारी पदम कार्कीले बताए ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया