झापामा ६ महिनाको पुँजीगत खर्च २० प्रतिशत

भद्रपुर (झापा) । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुसार जिल्लाका निम्ति रु १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार एक सय १० विनियोजन भएकोमा पुस मसान्तसम्म रु दुई अर्ब १५ करोड ३६ लाख दुई हजार आठ सय ८४ खर्च भएको छ । “चालुतर्फ विनियोजित रु १६ अर्ब चार करोड ८९ लाख ४५ हजारमध्ये ४५ दशमलव २६ अर्थात् रु सात अर्ब २६ करोड ६३ लाख खर्च भएको छ”, उनले भने ।
समग्रमा चालु आवको छ महिनामा ४५ दशमलव २६ प्रतिशत अर्थात् रु नौ अर्ब ४१ करोड ६६ लाख नौ हजार खर्च भएको कोष नियन्त्रक तिम्सिनाले बताए । उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित संघीय कार्यालय तथा स्थानीय तहले पुँजीगत खर्च बढाउन नसकेका हुन् ।
चालु आवको पुस महिनासम्ममा जिल्लाभर रु नौ अर्ब ८८ करोड २६ लाख ७१ हजार चार सय २८ राजस्व संकलन भएको छ । उक्त अवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालयले रु सात अर्ब ५१ करोड ३५ लाख ५५ हजार राजस्व संकलन गरेको छ ।









भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया