चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् ।
नेपालको उद्योग क्षेत्रको विकासमा पु–याएको योगदानको कदरस्वरूप तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड, २०८१ कार्यक्रममा मल्ललाई सम्मान गरिएको हो ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मल्ललाई संयुक्त रूपमा सम्मान गरे ।
व्यावसायिक नेतृत्वमा रहेर पनि मल्लले सामाजिक क्षेत्रमा योगदान पु–याउनु भएकाले मल्ललाई सम्मान गरिएको आयोजकको भनाइ छ ।
विगत ४० वर्षदेखि व्यावसायिक क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएका मल्लले सामाजिक क्षेत्रमा समेत विभिन्न अभियान चलाउँदै आइरहेका छन् ।
सम्मानपछि मल्लले सामाजिक क्षेत्रमा थप काम गर्न आफूलाई प्रेरणा मिलेको बताए ।















प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया