यू-१९ महिला विश्वकप : सर्वाधिक विकेट लिने बलर बनिन् पुजा महतो

काठमाडौं । मलेसियामा जारी यू-१९ महिला विश्वकपमा नेपालकी कप्तान पूजा महतो हालसम्म सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।
आज भइरहेको मलेसियासँगको प्लेअफ खेलमा ४ विकेट लिँदै उनी सर्वाधिक विकेट टेकरको पहिलो स्थानमा उक्लिएकी हुन् ।
जारी प्रतियोगितामा पूजाले अहिलेसम्म ९ विकेट लिएकी छन् । आजको खेलअघि पूजा ५ विकेट लिएर सर्वाधिक विकेट लिनेको सूचीमा १६ औं स्थानमा थिइन् ।
जोहर क्रिकेट एकेडेमी ओभल, जोहरमा पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा अलआउट हुँदै ४५ रन बनाएकाे छ ।
मलेसियाका लागि नुरिमानले १५ रन बनाइन् । अन्य कुनै ब्याटरले ५ रन माथि बनाउन सकेनन्। तीन ब्याटर शून्य रनमै आउट भए।
समूह ‘डी’ मा रहेकाे नेपाल यसअघि नेपाल बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो। उता समूह ‘ए’ मा रहेकाे मलेसिया भारत, श्रीलङ्का र वेस्ट इण्डिजसँग पराजित भएको थियो ।
सुपर ६ बाट बाहिरिसकेका दुवै टोली अब प्लेअफमा भिड्न लागेका हुन्।
















ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया