यू-१९ महिला विश्वकप : सर्वाधिक विकेट लिने बलर बनिन् पुजा महतो

काठमाडौं । मलेसियामा जारी यू-१९ महिला विश्वकपमा नेपालकी कप्तान पूजा महतो हालसम्म सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।
आज भइरहेको मलेसियासँगको प्लेअफ खेलमा ४ विकेट लिँदै उनी सर्वाधिक विकेट टेकरको पहिलो स्थानमा उक्लिएकी हुन् ।
जारी प्रतियोगितामा पूजाले अहिलेसम्म ९ विकेट लिएकी छन् । आजको खेलअघि पूजा ५ विकेट लिएर सर्वाधिक विकेट लिनेको सूचीमा १६ औं स्थानमा थिइन् ।
जोहर क्रिकेट एकेडेमी ओभल, जोहरमा पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा अलआउट हुँदै ४५ रन बनाएकाे छ ।
मलेसियाका लागि नुरिमानले १५ रन बनाइन् । अन्य कुनै ब्याटरले ५ रन माथि बनाउन सकेनन्। तीन ब्याटर शून्य रनमै आउट भए।
समूह ‘डी’ मा रहेकाे नेपाल यसअघि नेपाल बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो। उता समूह ‘ए’ मा रहेकाे मलेसिया भारत, श्रीलङ्का र वेस्ट इण्डिजसँग पराजित भएको थियो ।
सुपर ६ बाट बाहिरिसकेका दुवै टोली अब प्लेअफमा भिड्न लागेका हुन्।
















नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया