अखिल क्रान्तिकारीको मतदान सकियो, आजै गणना सुरु हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
२३औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुन नसक्दा अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि आज मतदान भएको हो ।दुई हजार तीन सय ९८ प्रतिनिधि रहेकोमा एक हजार नौ सय २२ मत खसेको पूर्वअध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
आजै रातिबाट मतगणना सुरु हुने तथा भोलि बिहानसम्ममा अन्तिम मतपरिणाम आउने विद्यार्थी फ्र्याक्सन ईञ्चार्ज हिमाल शर्माले जानकारी दिए ।
अध्यक्षमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन् । खुला र आरक्षण गरी नौ उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठजना प्रतिस्पर्धी छन् । यस्तै, नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाबीच भिडन्त छ भने एक कोषाध्यक्ष पदका लागि चारजना उम्मेदवार छन् ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया