बिहीबार, जेठ १, २०८२

सेरेसद्वारा नेपालभर ‘लिमिटलेस एक्सपिरियन्स’ का साथ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको सुरुवात

मेरोन्यूज २०८१ माघ १४ गते १३:४५

काठमाडाैं। एमएडब्लु वृद्धि अन्तर्गत नेपालको अग्रणी ईभी ब्रान्ड सेरेसले २६ देखि ३० जनवरी, २०२५ सम्म हुने “लिमिटलेस एक्सपिरियन्स” एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ।

कम्पनीका अनुसार यो कार्यक्रम नेपालभरका सबै सेरेस शोरूमहरूमा उपलब्ध हुनेछ । जसमा काठमाडौं उपत्यकाका नक्साल, थसिखेल, भक्तपुर र नयाँबजारका चार र उपत्यका बाहिर पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरू रहेका छन्।

यो पाँच दिन हप्ता लामो कार्यक्रमले ग्राहकहरूलाई विभिन्न विशेष अफर र सुविधाहरूको लाभ प्रदान गर्नुका साथै सेरेस ईभीहरूको अत्याधुनिक प्रविधि र पर्फर्मेन्स प्रत्यक्ष अनुभव गर्ने अवसर पनि प्रदान गर्ने बताइएकाे छ।

सेरेसले नगद छुट, नि:शुल्क ७ किलोवाट चार्जर, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर र उत्कृष्ट एक्सचेन्ज मूल्य र बोनसहरू सहित विभिन्न अफरहरूका साथ इलेक्ट्रिक ड्राइभिङमा स्विच गर्ने आकर्षक मौका प्रदान गर्ने जनाएकाे छ।

कम्पनीका अनुसार “लिमिटलेस एक्सपिरियन्स” एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले उन्नत विद्युतीय सवारी साधनहरू मात्र नभई निर्बाध र ग्राहक-केन्द्रित स्वामित्व अनुभव प्रदान गर्ने सेरेसको समर्पणमा प्रकाश पार्छ।

यो कार्यक्रमले सम्भावित ग्राहकहरूका लागि सेरेस ब्रान्डलाई परिभाषित गर्ने यसका उन्नत सुविधा र अनुपम लक्जरी अन्वेषण गर्न एक उत्तम प्लेटफर्म प्रदान गर्ने कम्पनीकाे भनाइ छ ।

“यदि तपाईं ईभी गाडी लिन वा आफ्नो हालको गाडी अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने सेरेस एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले सुवर्ण अवसर प्रदान गर्दछ। सेरेससँगै ड्राइभिङको भविष्य अनुभव गर्न चाहने ग्राहकहरूलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं,” एमएडब्ल्यू वृद्धि मोटर्स प्रा.लि.का बिजनेस हेड प्रशन्न पन्तले भने।

प्रतिक्रिया