विदेशमा कहाँ के हुने हो टुंगाे छैन, देशमै भविष्य खोज्ने वतावरण बनाऔं : अध्यक्ष प्रचण्ड

तेह्रथुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् ।
तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमि, माटोको माया नगर्ने प्रवृतिका कारण विदेस जाने प्रवृति बढ्दै भएको बताएका हुन् ।
उनले भने, “मलाई कता कता आज भोलि देशभक्तिको भावना कमी हुँदै गएको हो की ? आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको हो की ? भन्ने चिन्ता लागेको छ । म आम समुदायलाई अपिल गर्न चाहन्छु । हामी हाम्रा छोराछोरीहरुलाई , हाम्रा सन्ततिहरुलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफैँ धनि, आफैँ आत्मनिर्भर बन्नेबाटो तर्फ प्रेरित गरौं । विदेश पठाउन हतार नगरौं ।”
प्रचण्डले थप भने, “विदेशमा पनि टुङ्गो छैन । कहाँ के हुने हो । अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौँ प्रवासीलाई विस्थापित गरिँदै छ । कतिबेला हजारौँ नेपालीहरु फर्केर नेपाल आउनुपर्ने हो टुङ्गो छैन । त्यसैगरी मध्यपूर्वमा पनि कति बेला ठूलो लडाइँ भएर नेपालीहरु फर्किन पर्ने हो टुङ्गो छैन । हामीले आफ्नै देशको माटोमा पौरख गरौं । स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गरौँ ।”
देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता र साहसको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन भन्ने स्थापित भएका कारण नेपालीहरुले यहीका सम्भावनालाई अवसरमा बदल्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भैरहेको जानकारी दिए ।










कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छ : कार्यवाहक प्रमुख आयुक्त
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया