सोमबार, वैशाख ७, २०८३

सत्तापक्षीय दलको बैठक बालुवाटारमा

मेरोन्यूज २०८१ माघ १४ गते १८:५०

काठमाडौँ । सङ्घीय संसद्को आशन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न सत्ता पक्षीय राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास, बालुुवाटारमा अहिले बसिरहेको छ । 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा  साे बैठक बसिरहेकाे हाे ।


बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहदुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त ९सिके० राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुुख सचेतसमेत सहभागी रहेका छन ।

बैठकको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरुलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताउनुुभयो । उहाँले संसदलाई पर्याप्त बिजनेश दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरुको प्रभावकारी भूमिका आवश्यक पर्ने बताए ।

यही माघ १८ गतेदेखि संसद्को अधिवेशन प्रारम्भ हुँदैछ 


प्रतिक्रिया