२०८४ को मंसिरमा मात्रै सरकार ढल्छ : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार २०८४ को मंसिरसम्म चल्ने बताएका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले अहिले दिनैपिच्छे सरकार ढल्ने हल्ला चलाइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन र भ्रममा नपर्न सांसदहरूलाई आग्रह गरे ।
‘दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला छ । अलिक भरेसम्म सरकार ढल्छ । साँझसम्म त सरकार ढल्छ, ढल्छ । राति नै ढल्छ अथवा भोलि बिहानै सरकार ढल्छ । ढलेन भने दिउँसोसम्म सरकार ढल्छ । भोलि ढलेन भने पर्सिलाई सारिदिने । पर्सि भएन भने अर्को हप्तालाई सारिदिने,’ प्रधानमन्त्री ओलीले भने, ‘यो महिना ढलेन भने अर्को महिनालाई सार्ने । साउनमा सरेन भने भदौमा सार्ने । भदौमा पनि ढलेन भने दशैंलाई सार्ने । दशैंमा पनि ढलेन भने मंसिरमा सार्ने । कुन मंसिरमा ? ०८४ मंसिरमा सरकार ढल्छ । के परिणाम आउँछ त्यस अनुसार सरकार ढल्छ । तर, मान्छे धेरैले अस्तिको मंसिरमा भन्ने बुझे । ०८४ को मंसिरभन्दा यता सरकारमाथि लगाउने आरोप मात्रै हो ।’









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया