बीवाईडीले सार्वजनिक गर्यो ९,२०० गाडी बोक्न सक्ने संसारकै ठुलो कार क्यारियर बीवाईडी शेन्झेन

काठमाडौँ । चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले संसारकै सबैभन्दा ठुलो रोल–अन/रोल–अफ कार क्यारियरको रुपमा ‘बीवाईडी शेन्झेन’ सार्वजनिक गरेको छ । सो जहाजले एक पटकमा ९ हजार २ सय गाडी बोक्न सक्छ ।
दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको यो बीवाईडीको महत्वपूर्ण कदम हो । चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी ड्युल–फ्युल प्रविधियुक्त छ, जसमा बीवाईडीको अत्याधुनिक ब्याट्री प्याक र शाफ्ट जेनेरेटरद्वारा संचालन हुन्छ । यी प्रविधिले बीवाईडी शेन्झेनलाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको छ।
बीवाईडी शेन्झेनले बीवाईडीको बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ। यसअघि बीवाईडी एक्स्प्लोरर नम्बर १, बीवाईडी हेफेई र बीवाईडी चाङझाउ जस्ता जहाजहरूले ७ हजार देखि ९ हजार २०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा एनईभी अर्थात न्यु इनर्जी भेइकल आपूर्ति गरेका थिए।
बीवाईडीले सन् २०२६ सम्म आफ्नो जहाज संख्या ८ पु-याउने योजना बनाएको छ, जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पु¥याउनेछ।
सन् २०२४ मा बीवाईडीले ४ लाख १७ हजार भन्दा धेरै विद्युतीय गाडी विदेश पठायो, जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो। विद्युतीय गाडीको माग बढ्दै जाँदा बीवाईडी नयाँ प्रविधि, दिगो समाधान र बलियो आपूर्ति प्रणालीसँगै अगाडि बढिरहेको छ।










Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया