देशव्यापी सम्मेलन र खबरदारीबाट नयाँ जागरण पैदा भएको छ : उपाध्यक्ष सापकोटा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पार्टीको देशव्यापी सम्मेलन र खबरदारी सभाले नयाँ राजनीतिक जागरण पैदा गरेको बताएका छन् ।
प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै अभियानका क्रममा पार्टीले जनताको मन जित्न सफल भएको जिकिर गरे । ‘विगतमा केही कमजोरी भयो, अहिले हामी जनतातर्फ फर्किएका छौँ, जनताले पनि देश अप्ठ्यारो परेको बेला माओवादीले निकास दिन सक्छ भनेर बुझेका छन्’, उनले भने ।
उपाध्यक्ष सापकोटाले जनयुद्धको बलमा नै मुलुकमा परिवर्तन सम्भव भएको भन्दै माओवादी आन्दोलनलाई अपव्याख्या गर्ने छुट कसैलाई नभएको धारणा राखे । प्रेस सेन्टरका संस्थापक महेश्वर दाहालले जनजीविकाका सवाल र आधारभूत वर्गको पक्षमा कलम चलाउन पत्रकारलाई सुझाव दिए । सेन्टरका अध्यक्ष विष्णु सापकोटाले जनताका मुद्दालाई केन्द्रमा राखेर जनपत्रकारिता गर्नुपर्ने बताए ।















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया