धरानको पानीको समस्या तमोर नदीले गर्छ: पुर्व राष्ट्रपति भण्डारी

धरान । धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनु पर्ने पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीले सुझाएकी छिन्।
धरानमा नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट पानी ल्याएमा मात्र हुने बताएकी हुन्।
पानी पिउनको लागि शुद्ध तमोरको टनेलको माध्यमबाट ल्याउन सके सुनसरी, मोरङ र झापा गरि तीन जिल्लालाई पिउनसँगै र सिंचाइ गर्न लागि समेत पुग्ने उनकाे भनाई थियाे ।
धरानदेखि करिब चार किलो मिटरको टनेलबाट पानी ल्याउन सकिने सम्भाव्यता अध्ययन भइसकेको र त्यसको लागि धरानका स्थानीय सरकारले पहल गर्नुपर्ने उनले बताईन।
प्रदेश सरकारले धरान- मुलघाट सुरूङ मार्ग सम्भव्यता अध्ययनका लागि बजेटसमेत विनियाेजन गरेकाे थियाे ।
धरानमा खानेपानीकाे कमी हुँदै आएकाे छ । पानीकाे बहस भइरहेका वेला पूर्व राष्ट्रपति भण्डारीले यस्ताे उपाय दिएकी हुन्।
भण्डारी केही दिनदेखि पूर्वका विभिन्न कार्यक्रममा सहभागी जनाउदै आईरहेकी छिन्।
कार्यक्रममा सहभागितासँगै एमाले पार्टी नेता तथा कार्यकर्ताहरूलाई भेट्दै हिडिरहेकी छिन्। साथै, उनले सक्रिय राजनीतिमा फर्कने संकेतसमेत गरेेकी छिन्।

















४१ क्षेत्रमा मतगणना जारी रहँदा ३४ मा रास्वपाकाे अग्रता
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया