मंगलबार, चैत ३, २०८२

मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु

मेरोन्यूज २०८१ माघ २० गते १२:४७

बागमती । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङभिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी र्दि।

सडक छेउमा रहेको भिडबाट ७० मिटर तल लडेर गम्भीर घाइते हुनुभएका चौधरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया