मस्कोमा विस्फोट हुँदा १ जनाको मृत्यु, ४ जना घाइते

मस्को । रूसको राजधानी मस्कोको एक अत्याधुनिक आवासीय भवनमा सोमबार भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् ।
रूसी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा पूर्वी युक्रेनका एक पूर्व बक्सिङ अधिकारी आर्मेन सार्किसियन पनि घाइते भएको बताइएको छ । सार्किसियनले किएभविरुद्ध लड्न बटालियन स्थापना गरेको थियो ।
युक्रेनविरुद्ध पूर्ण आक्रमण सुरु गरेदेखि नै रूसमा हत्या र रहस्यमयी विष्फोटका शृङ्खलाबद्ध आक्रमण भइरहेका छन् ।
“विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्”, स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै रूसी समाचार संस्था तासले जनाकारी गराएको छ, “घाइतेको अवस्था गम्भीर छ।”
युक्रेनको पूर्वी सहर गोर्लिभ्कामा पृथकतावादी बक्सिङ महासङ्घका प्रमुख सार्किसियनको विस्फोटमा परी मृत्यु भएको रुसी सञ्चारमाध्यमले सुरुमा बताए पनि उनी घाइते अवस्थामा रहेको बताइएको छ ।
इन्टरफ्याक्स समाचार एजेन्सीले कानुन कार्यान्वयन गर्ने स्रोतलाई उद्धृत गर्दै भनेको छ, “सार्किसियन अस्पताल भर्ना हुनुभएको छ । उहाँको अवस्था अत्यन्तै गम्भीर देखिएको छ।”
रिया नोभोस्ती समाचार संस्थाले आपतकालीन सेवाका अधिकारीलाई उद्धृत गर्दै ‘विष्फोटक उपकरण’ विस्फोट भएको पुष्टि गरेको छ ।
रूसी सञ्चारमाध्यमका अनुसार सार्किसियनले सन् २०२२ मा युक्रेनविरूद्ध लड्नका लागि बटालियन स्थापना गरेको थियो ।
समाचार एजेन्सीहरूले उत्तर–पश्चिम मस्कोमा भवनको प्रवेशद्वाराबाट लिएको श्रव्यदृश्यमा एउटा व्यापक क्षतिग्रस्त हल, भाँचिएको ढोका र फुटेका सिसा देखाइएको छ।











आज सुन चाँदीकाे मूल्य यस्ताे छ
ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया