मस्कोमा विस्फोट हुँदा १ जनाको मृत्यु, ४ जना घाइते

मस्को । रूसको राजधानी मस्कोको एक अत्याधुनिक आवासीय भवनमा सोमबार भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् ।
रूसी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा पूर्वी युक्रेनका एक पूर्व बक्सिङ अधिकारी आर्मेन सार्किसियन पनि घाइते भएको बताइएको छ । सार्किसियनले किएभविरुद्ध लड्न बटालियन स्थापना गरेको थियो ।
युक्रेनविरुद्ध पूर्ण आक्रमण सुरु गरेदेखि नै रूसमा हत्या र रहस्यमयी विष्फोटका शृङ्खलाबद्ध आक्रमण भइरहेका छन् ।
“विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्”, स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै रूसी समाचार संस्था तासले जनाकारी गराएको छ, “घाइतेको अवस्था गम्भीर छ।”
युक्रेनको पूर्वी सहर गोर्लिभ्कामा पृथकतावादी बक्सिङ महासङ्घका प्रमुख सार्किसियनको विस्फोटमा परी मृत्यु भएको रुसी सञ्चारमाध्यमले सुरुमा बताए पनि उनी घाइते अवस्थामा रहेको बताइएको छ ।
इन्टरफ्याक्स समाचार एजेन्सीले कानुन कार्यान्वयन गर्ने स्रोतलाई उद्धृत गर्दै भनेको छ, “सार्किसियन अस्पताल भर्ना हुनुभएको छ । उहाँको अवस्था अत्यन्तै गम्भीर देखिएको छ।”
रिया नोभोस्ती समाचार संस्थाले आपतकालीन सेवाका अधिकारीलाई उद्धृत गर्दै ‘विष्फोटक उपकरण’ विस्फोट भएको पुष्टि गरेको छ ।
रूसी सञ्चारमाध्यमका अनुसार सार्किसियनले सन् २०२२ मा युक्रेनविरूद्ध लड्नका लागि बटालियन स्थापना गरेको थियो ।
समाचार एजेन्सीहरूले उत्तर–पश्चिम मस्कोमा भवनको प्रवेशद्वाराबाट लिएको श्रव्यदृश्यमा एउटा व्यापक क्षतिग्रस्त हल, भाँचिएको ढोका र फुटेका सिसा देखाइएको छ।
















काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया