बेलायतका राजकुमार दम्पती आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड आज श्रीमतीसहित नेपाल भ्रमणमा आउने भएका छन् । एडवार्ड श्रीमती सोफियासहित साढे १० बजे नेपाल भ्रमणमा आउन लागेका हुन् ।
नेपालमा निजी भ्रमणमा आउन लागेका उनीहरु दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेको सुरक्षा स्रोतले जानकारी दिएको छ । राजकुमार परिवार ६ दिने दक्षिणी यसियाली मुलुक भ्रमणमा निस्किएका हुन् । उनीहरुको सुरक्षा प्रवन्ध नेपाली सेनाले गरेको छ ।
भ्रमणका क्रममा उनीहरुले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने बताइएको छ । बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् । यो दिन बेलायती सेनामा नवनियुक्त नेपाली जवानहरुलाई औपचारिक रूपमा बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइन्छ ।
भ्रमणकै क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जानेसमेत तालिका रहेको गृह स्रोतले जानकारी दिएको छ ।













लुटिएका हतियार र फरार कैदीलाई निर्वाचन अगावै नियन्त्रणमा ल्याइसक्छाैं : गृहमन्त्री अर्याल
Schools closed after cold wave
Gold and silver prices decline
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
मधेस सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया