बिहीबार, वैशाख १०, २०८३

सुरेन्द्र पौडेलले ‘बरिष्ठ बलराम’ चलचित्र बनाउने

मेरोन्यूज २०८१ माघ २२ गते १८:२५

काठमाडौं। नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन्।

Advertisement
NiccNicc

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले सोमबार सिनेमाको औपचारिक घोषणा गरेका हुन्।

चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् भने छायाङ्कन आगामी फागुनको पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको छ। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहनेछन्।

सिनेमा २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। हालसम्म दयाहाङ र विजय मात्र फाइनल भएका छन् भने दयाहाङको अपोजिटमा रहने नायिकाको नाम भने निर्माणपक्षले खुलाएको छैन। अन्य कलाकारको चयन तथा प्राविधिक टोलीबारे निर्माण पक्षले क्रमशः जानकारी दिने बताएको छ।

केही दिनमै सार्वजनिक गरिने टिजरमार्फत थप कलाकारको नाम सार्वजनिक गर्ने योजना निर्माण टिमको छ। फिल्मको छायाङ्कन तराईका विभिन्न स्थानमा गरिनेछ।

‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मलाई लिएर दर्शकमाझ उच्च अपेक्षा रहेको छ भने सामाजिक कथावस्तुले दर्शकलाई सन्देशमूलक मनोरञ्जन दिने निर्माण पक्षको विश्वास छ।
 

प्रतिक्रिया