सुरेन्द्र पौडेलले ‘बरिष्ठ बलराम’ चलचित्र बनाउने

काठमाडौं। नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन्।
वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले सोमबार सिनेमाको औपचारिक घोषणा गरेका हुन्।
चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् भने छायाङ्कन आगामी फागुनको पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको छ। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहनेछन्।
सिनेमा २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। हालसम्म दयाहाङ र विजय मात्र फाइनल भएका छन् भने दयाहाङको अपोजिटमा रहने नायिकाको नाम भने निर्माणपक्षले खुलाएको छैन। अन्य कलाकारको चयन तथा प्राविधिक टोलीबारे निर्माण पक्षले क्रमशः जानकारी दिने बताएको छ।
केही दिनमै सार्वजनिक गरिने टिजरमार्फत थप कलाकारको नाम सार्वजनिक गर्ने योजना निर्माण टिमको छ। फिल्मको छायाङ्कन तराईका विभिन्न स्थानमा गरिनेछ।
‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मलाई लिएर दर्शकमाझ उच्च अपेक्षा रहेको छ भने सामाजिक कथावस्तुले दर्शकलाई सन्देशमूलक मनोरञ्जन दिने निर्माण पक्षको विश्वास छ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया