झापामा प्रहरीले चलायो गोली, एकजना घाइते
मेरोन्यूज
२०८१ माघ २२ गते १८:५८

काठमाडौं । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले झापामा गोली चलाएको छ।
कनकाई नगरपालिका-४ तुलसीबारीमा मंगलबार साँझ प्रहरीले भारतीय नागरिकमाथि गोली चलाएको हो।
गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते भएका छन्। उनको घुँडामा गोली लागेको झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए।
उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ। गोली लागेका अञ्जरलाई उपचारको लागि अस्पताल लगिएको छ।
‘लागुऔषध कारोबारी रहेको सूचनाका आधारमा प्रहरी जाँदा आक्रमण हुन खोजेपछि जवाफी कारबाही गर्दा गोली लागेको हो,’ केसीले भने।
यसक्रममा प्रहरीले आलमद्वयको साथबाट ३२ ग्राम ब्राउनसुगर बरामद गरेको छ। उनीहरू भारतबाट ब्राउनसुगर बोकेर नेपाल आएका थिए।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया