खेलेर पनि बाँच्न सक्ने कानूनी व्यवस्था छ : सदस्य–सचिव

काठमाडौं । खेलकुदलाई तहगत रुपमा विकास गर्ने उदेश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताएका छन् ।
दोस्रो विश्वविद्यालय खेलकुदको आज पोखरामा उद्घाटन गर्दै घिसिङले खेलेर पनि बाँच्न सक्ने कानूनी व्यवस्था गरिको जानकारी पनि दिए ।
सहआयोजक गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सदस्य तथा कार्यक्रम संयोजक डा मधुसुदन सुवेदीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विश्व विध्यालयका रजिष्टार, डिन तथा कार्यक्रम संयोजकहरुको उपस्थिति थियो ।
माघ २४ गते सम्म सन्चालन हुने प्रतियोगितामा काठमाण्डौ,पूर्वान्चल, त्रिभूवन, पोखरा, गण्डकी, लम्विनी, सुदुर पश्चिम, कृषि तथा वन विज्ञान र पूर्वान्चल विश्व विद्यालका टिम सहभागी छन् । भलिबल, एथलेटिक्स,टेबलटेनिस र व्याडमिन्टनमा गरि १९ स्वर्ण पदका लागि प्रतिष्पर्दा भइरहेको प्रतियोगिताका सचिव तथा राखेप प्रतियोगिता विभाग प्रमुख मिन कुमार शर्माले बताए ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया