जाजरकोटमा जडीबुटी प्रशोधन सुरु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको भेरी नगरपालिका–१ को धल्दामा स्थापित जडीबुटी प्रशोधन केन्द्रबाट जडीबुटी प्रशोधन सुरु गरिएको छ । विसं २०७८ जेठ ११ गतेदेखि निर्माण सुरु भएको उक्त भवनको काम सम्पन्न भएसँगै व्यावसायिक रूपमा काम सुरु भएको हो ।
हाल यहाँबाट टिमुर प्रशोधन भइरहेको कार्यालय प्रमुख बखतबहादुर साउदले जानकारी दिए । तीस टन टिमुर प्रशोधन गरेर पठाउने लक्ष्य लिइएकामा हाल साढे चार टन खरिद गरी प्रशोधन गरिएको उनले बताए । “पहिलो चरणमा सुगन्धवाल, जटामसी र टिमुर सङ्कलन गरेर प्रशोधन गर्ने लक्ष्य छ । जाजरकोट मात्र नभई अन्य जिल्लाबाट पनि यहाँ जडीबुटी ल्याएर प्रशोधन गर्न सकिने र कम्पनीले खरिद गर्ने लक्ष्य छ”, उनले भने ।
प्रशोधन केन्द्र स्थापना भएसँगै स्थानीय किसानले उत्पादन गरेका जडीबुटीको व्यावसायिक उत्पादन र बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । भेरी करिडोरसँग जोडिएको भेरी नगरपालिका–१ र ३ राताचौरमा निर्माणपछि स्थानीयस्तरमा रोजगारी सिर्जना र भेरी करिडोर हुँदै जिल्लाबाहिर जाने जडीबुटी जिल्लामै प्रशोधन गरी बजारीकरण गर्न सकज भएको छ । यसबाट स्थानीय नागरिक पनि उत्साहित भएका छन् ।
कर्णाली प्रदेशका जिल्लामा उत्पादन हुने रातो च्याउ, अल्लो, टिमुर, काँकडसिङ्गो, लोक्ता, कटुकी, सुगन्धवाल, चिराइतो र काउलो, बोझो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, तिल्याइलो, विषजरा, यार्सागुम्बा र भृङ्गीराज देशका अन्य स्थानका साथै चीन र भारत निकासी हुँदै आएको छ । प्रशोधन केन्द्र स्थापना भएसँगै त्यसको यही प्रशोधन हुनेछ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया