नेपालगञ्जबाट ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्रा सुरु

नेपालगञ्ज । बाँके र बर्दियाको पर्यटन प्रवर्द्धनका लागि ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्रा आज सुरु गरिएको छ ।
नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गरेको उक्त साइकल यात्राको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सांसद एवं राप्रपाका महामन्त्री डा धवलशमशेर राणा, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले साइकल चलाएर उद्घाटन गरे ।
त्यस अवसरमा मन्त्री न्यौपानेले साइकल यात्राले पर्यटन पर्द्धनमा टेवा पु¥याउने उल्लेख गरे । सांसद डा राणाले टुर दि ठाकुरद्वाराजस्तै नेपालगञ्जदेखि रारासम्मको कार्यक्रम बनाउदा अझ प्रभावकारी हुने सुझाव दिए । बाँके र बर्दियाको धार्मिक पर्यटनस्थलको प्रचार प्रसारका लागि क्लबले बर्सेनि टुर दि ठाकुरद्वारा आयोजना गर्ने गर्दछ । यसवर्ष नेपाल, भारत र चीनका गरी एक सय ४० जना साइकलयात्री सहभागी रहेका छन् ।
नेपालगञ्जको प्रसिद्व शक्तिपीठ बागेश्वरी मन्दिरबाट सुरु भएको यात्रा करिब एक सय किलोमिटर यात्रा गरी बर्दियाको ठाकुरद्वारा पुगेर समापन हुनेछ । विश्वसाइकलयात्री पुष्कर शाहसहित भारतका २९ र चीनका एक जना यात्रामा सहभागी छन् ।
साइकल इभेन्टमार्फत लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको घुमौँ बर्दिया ठाकुरद्वारा २०२५ कार्यक्रमलाई सघाउ पु¥याउन यस्ता कार्यक्रमले सहयोग पुग्ने क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताए ।
२७ लाख अनुमानित खर्च रहेको यात्राको रुट बागेश्वरी मन्दिरबाट सुरु भएर बजार परिक्रमापछि कोहलपुर, केदारेश्वर धाम बाँसगढी, सतखलवा, बैदी, बबईहुँदै ठाकुरबाबा मन्दिरसम्मको सय किलोमिटर रहेको छ ।















छ वर्ष कैद र रु २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
२६ अंकले घटेकाे बजारमा करिब १२ अर्बकाे सेयर काराेबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न यातायात व्यवसायीकाे माग
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
भारतको एससीबी अस्पतालमा भएको आगलागीमा परी १० जनाको मृत्यु
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
प्रतिक्रिया