सिंहदरबारमा लागेको आगो नियन्त्रणमा
मेरोन्यूज
२०८१ माघ २६ गते १०:१२

काठमाडौँ । सिंहदरबार स्थित खानेपानी मन्त्रालयको दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ८ः३५ बजे मन्त्रालयमा आगलागी भएको थियो ।
नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ ।
मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया