सिनामङ्गल नयाँ पुल क्षेत्रबाट नकुहिने पाँच मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ। वाग्मती सफाइ महाअभियानको ६१३औँ हप्तामा सिनामङ्गलस्थित वाग्मती नयाँ पुल क्षेत्रको किनारमा सफाइ गरी नकुहिने पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
काठमाडौँ महानगरपालिका–९ को नेतृत्वमा भएको सफाइका क्रममा उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको गाडीले व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
सो क्षेत्रको सफाइका लागि वडा कार्यालयको नेतृत्वमा रोटरी क्लब बानेश्वर र बत्तीसपुतली युवा समाजले समेत पहल गरेका थिए । सफाइमा सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि, वडाका जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल नं २० गणस्थित विपद् उद्धार सिनामङ्गल काठमाडौँका सशस्त्र प्रहरी निरीक्षक गोपाल बिष्टको कमान्डमा १७ जना, हिमालन गोर्खा सेक्युरिटी प्रालिबाट १५, बत्तीसपुतली युवा समाज एवं बानेश्वर रोटरी क्लबका ४०, वडावासी, समाजसेवीलगायतको सक्रिय सहभागिता रहेको थियो ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ‘हप्तामा दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ जारी छ ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया