पत्रकार र युवा संघबीचको फुटबल प्रतियोगिता बराबरीमा

काठमाडौं । केपी ओली कप अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिताको प्रचारप्रसारका लागि खेलकुद पत्रकार र युवा संघ नेपालबीच भएको खेल बराबरीमा टुङ्गिएको छ।
यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने तेस्रो संस्करणअन्तर्गतको प्रतियोगिताको प्रचारप्रसारका लागि आज एन्फा खेलमैदान सातदोबाटोमा भएको खेल ४ –४ गोलको बराबरीमा टुङ्गिएको हो।
आज नेकपा एमालेका नेता भानुभक्त ढकालले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै खेल शुभारम्भ गरेका थिए।
प्रतियोगितामा ‘ए’ डिभिजन क्लब र केही विदेशीसहित १० टोलीको सहभागिता रहने युवा संघले जनाएको छ।
विजेताले रु १५ लाख ११ हजार १११, उपविजेताले रु पाँच लाख प्राप्त गर्ने युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए। प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उनले बताए।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदियमान खेलाडीलाई रु ५०–५० हजार दिइने युवा संघले जनाएको छ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया