सोमबार, वैशाख ७, २०८३

शंखरापुर स्कुल बस दुर्घटना : ३ जनाको मृत्यु, ४० घाइते

मेरोन्यूज २०८१ माघ ३० गते १९:३४

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए। 

बुधबार अपराह्न ४:५० बजे काठमाडौं शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा२ख ७९५८ नम्बरको  स्कुल बस ब्रेक फेल भएर दुरंघटनामा परेको बोहराले बताए। 

दुर्घटनामा अन्य ४० जना घाइते भएका छन्। उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको बोहराले बताए। 

प्रतिक्रिया