विभिन्न स्थानमा आगलागी हुँदा ३ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ ।
ती आगलागीमा परेर अन्य तीन जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले कूल विपद्का २४ घटनामध्ये आगलागीका १७, डढेलोका पाँच र वन्यजन्तु आक्रमणका दुई वटा घटना भएको जानकारी दिए ।
आगो ताप्ने क्रममा र खाना पकाउने क्रममा शरीरमा आगो सल्किएर उक्त घटना भएका हुन् । प्रवक्ता डा भट्टराईले सोलुखुम्बू, दाङ र गुल्मीमा मानवीय क्षति हुने गरी आगलागी भएको बताउनुभयो । उता पाल्पामा बालकले गोठमा आगो लगाइदिँदै पाँच वटा बाख्रा र एउटा गाई मरेको छ ।
डढेलोसमेत सुरु भएकाले सचेत हुन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । पछिल्लो २४ घण्टामा सोलुखुम्बू, दाङ र गुल्मी, मोरङ, भोजपुर, सिरहा, रौतहट पर्सा, मकवानपुर, कास्की बाँके पाल्पा, सुर्खेत, सल्यान, कैलाली, म्याग्दी रुकुमपूर्व र मुगुमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।











हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया