आहा रारा पोखरा गोल्डकप : पुलिस क्लब फाइनलमा

कास्की । विभागीय नेपाल पुलिस क्लब पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । यससँगै पुलिस ११औँ पटक फाइनल प्रवेश गर्न सफल भएको छ ।
पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएकामा खेलको ५८औँ मिनेटमा पुलिसका सञ्जिव लामाले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिए । पेनाल्टी बक्सको बाहिरबाट सञ्जिवको कडा प्रहारलाई चर्चका गोलकिपर टिकेन्द्र थापाले रोक्ने मौकानै पाएनन् ।
लामाले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो र पुलिसले फाइनलमा स्थान बनाउन सफल भयो । पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोली हो । पुलिसले हालसम्म ६ पटक उपाधि चुमेको छ ।
पुलिसले आगामी फागुन ३ गते उपाधिका लागि थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिचको भोली हुने खेलको विजेतासँग खेल्नेछ ।
सहारा क्लब पोखराको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको च्याम्पियन टोलीले नगद रू १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी उपविजेताले रू छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रू २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने छन् ।











ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया