एकीकृत समाजवादीको बागमती प्रदेश अधिवेशन काठमाडौँमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
अधिवेशनमा सङ्गठनको सुदृढीकरण, समसामयिक विषयवस्तु, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक तथा कार्ययोजनासम्बन्धी छलफल गरिने सो पार्टीले जनाएको छ । बागमती प्रदेशका १३ जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने छ ।
महँगी नियन्त्रण, बेरोजगारी समस्या, राष्ट्रिय स्वाधिनता, आर्थिक समृद्धि, सुशासन कायम गर्ने, आर्थिक मन्दी जस्ता विषयमा छलफल गरिने कमिटी अध्यक्ष एवं पार्टी केन्द्रीय सचिव सावित्रा भुसालले जानकारी दिए ।
पार्टीले दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ भन्ने अधिवेशनको मूल नारा तय गरेको छ । पार्टीले कर्णाली र गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ ।


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया