नदी संरक्षणमा सबैले सहकार्य गरौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणमा सबैको सहकार्य, समन्वय आवश्यक पर्ने भन्दै यो विषयलाई सबैले गम्भीरताका साथ लिनुपर्ने बताएका छन् ।
नेपाल पर्यटन बोर्डले सुरु गरेको ‘फोटो नेपाल प्रदर्शनी’ अन्तर्गत नवीन बरालको ‘कर्णाली नदीः तीन देशका तस्बिरहरू’ मा तस्बिर लिएर उद्घाटन गर्दै उनले नदीको प्राकृतिक सौन्दर्य नबिग्रिने गरी पूर्वाधार तथा भौतिक संरचना बनाउनुपर्नेमा जोड दिए।
“कर्णाली नदीसहित मुलुकमा रहेका अन्य महत्वपूर्या नदीहरूको संरक्षण गर्ने, अवैध दोहन नगर्ने विषयमा गरिएका छलफललाई गम्भीरताका साथ लिनुपर्छ”, पर्यटनमन्त्री पाण्डेले भने, “नदीको किनारमा क्रसर उद्योग खोल्ने, हाइड्रोपावर निर्माण गर्नेलगायत कार्यले नदीको प्राकृतिक स्वरुपमा आँच आइरहेको छ । मानवका रक्त नली जस्तै नदीहरूको सम्बन्ध पनि भूगर्वसम्म रहने गर्छ ।”
उनले विकास निर्माणका क्रममा नदीको प्राकृतिक सौन्दर्य नबिग्रने गरी दिगो रूपमा पूर्वाधार तथा भौतिक संरचना बनाउनुपर्नेमा जोड दिए । मन्त्री पाण्डेले विकसित राष्ट्रहरूबाट असन्तुलित रूपमा भएको प्राकृतिक दोहनका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको बताउँदै अन्नपूर्ण आधार शिविरसहित अन्य हिमालहरूमा हिउँ नभएकोप्रति चिन्ता व्यक्त गरे । मन्त्री पाण्डेले हिमालको हिउँ पग्लेर हिमाल, पहाड र समुन्द्री तट हुँदै समग्र विश्वमा असर परिरहेको बताए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले फोटोग्राफीका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘फोटो नेपाल’ प्रभावकारी मञ्चका रूपमा रहेको बताए । दुई दिने प्रदर्शनीमा नवीन बरालद्वारा प्रस्तुत ‘कर्णाली नदीः तीन देश (चीन, नेपाल र भारत) का तस्बिरहरू’ बाट प्रदर्शन गरिएका छन् ।
प्रदर्शनमा राखिएका तस्बिर ४५ दिनमा एक हजार ८० किलोमिटर लामो साहसिक यात्रामार्फत कर्णाली नदीको अद्भूत सौन्दर्यलाई कैद गरिएको बोर्डले जनाएको छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया