गण्डकी प्रदेशसभा बैठक बस्दै, दलका नेताहरूले सम्बाेधन गर्ने
मेरोन्यूज
२०८१ फागुन २ गते ८:२७

पोखरा। गण्डकी प्रदेश सभाको बैठक आज शुक्रबार बस्ने भएको छ । माघ २१ गते बसेर स्थगित भएको बैठक ३० गतेका लागि डाकिएको थियो । प्रदेश सभा सचिवालय सूचना जारी गरी बैठक फागुन २ गतेका लागि सारेको थियो ।
शुक्रबारको बैठकमा सबै दलका नेताहरूले सम्बाेधन गर्ने भएका छन् । बैठकमा प्रदेश निजामती ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पेस हुनेछ । यसैगरी औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक र सामयिक कर असुली गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा टेबल हुने छ । लोक सेवा आयोगको वार्षिक प्रतिवेदनसमेत सदनमा टेबल गरिने सचिवालयले जनाएको छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया