टेबलटेनिसको दुई दिने अम्पायर ट्रेनिङ सम्पन्न

काठमाडौं । दुई दिने राष्ट्रिय अम्पायर सर्टिफिकेसन कार्यक्रममा शुक्रवार लैनचौरमा सम्पन्न भएको छ ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भएको राष्ट्रिय अम्पायर सर्टिफिकेसनमा कुल ३३ जना प्रशिक्षित भएका थिए । बिहीवारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रशिक्षण सम्पन्न भएको हो । उनीहरूलाई अन्तर्राष्ट्रिय सर्टिफाइड अम्पायर नरेश रावलले प्रशिक्षण गरेका हुन् ।
समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले क्षमतावन खेलाडीलाई अगाडि बढ्नका लागि निर्णायक भुमिका अहं हुने बताए । साथै घिसिङले कहिले कहीँ न्यायधीशले गलत पैmसला गर्दा मानिसको जीवन नै बरबाद हुने उल्लेख गर्दै टेबल टेनिसका न्यायधीशबाट गलत निर्णय हुँदा खेलाडीको जीवन अफ्ठ््यारोमा पर्ने भन्दै धैर्यता अपनाउनुपर्ने बताए ।
अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने माध्यमका रूपमा राष्ट्रिय अम्पायरको करियर अगाडि बढाउन उनले आग्रह गरे । एकदिन एशियन च्याम्पियनसिप र ओलम्पिकसमेत निर्णायकको भुमिका निभाउने लक्ष्यसहित अगाडि बढ्न घिसिङको आग्रह छ ।
प्रशिक्षित अम्पायरलाई राखेप सदस्यसचिव घिसिङले प्रमाणपत्रका प्रदान गरेका थिए । उनीहरूलाई टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल र महासचिव कुँवर सिंहलगायतले बधाई दिएका थिए ।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया