अनिँदो बस्नुहुन्छ ? देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या

निद्रा नलाग्नुलाई अनिद्रा भनिन्छ । निद्रा नलाग्ने धेरै कारण हुन्छन् । दशैं–तिहारजस्ता चाडपर्व वा अन्य उत्सवको समयमा रातभर मस्ती गर्ने हाम्रो बानी छ । कोही जुवा तास र मदिरा सेवन गरेर त कोही साथीभाइ र आफन्तसँग कुरा गरेरै रात कटाउने गर्छन् । यसरी नसुती बस्दा मानिसमा विभिन्न किसिमका समस्याहरु देखा पर्छन् ।
निद्रा नलाग्नुलाई अनिद्रा भनिन्छ । निद्रा नलाग्ने धेरै कारण हुन्छन् । दशैं–तिहारजस्ता चाडपर्व वा अन्य उत्सवको समयमा रातभर मस्ती गर्ने हाम्रो बानी छ । कोही जुवा तास र मदिरा सेवन गरेर त कोही साथीभाइ र आफन्तसँग कुरा गरेरै रात कटाउने गर्छन् । यसरी नसुती बस्दा मानिसमा विभिन्न किसिमका समस्याहरु देखा पर्छन् । प्रमुख रूपमा यस्ता समस्याहरु देखिन्छन् ।
बिहान उठ्दा थाकेको महशुस हुने र शरीर दुख्ने टाउको दुख्ने
काममा कन्सनट्रेसन नहुने
तनाव महशुस हुने
र सानो कुरामा रिस उठ्ने
मुड स्वीङ हुने
डाइबेटिज, उच्च रक्तचाप हुने
मुटु सम्बन्धि रोग देखिने
सुत्नुअघि नगर्नुस यस्ता काम
राती अबेरसम्म नसुती बस्नु हुँदैन । सधैं एउटै समयमा सुत्नुपर्छ । मोवाइल, टेलिभिजनजस्ता डिजिटल स्क्रीनमा लामो समय बिताउनुहुन्न । कफी, इनर्जी ड्रिंक जस्ता क्याफिनयुक्त पेय पदार्थ पिउनु हुँदैन । अल्कोहलले निद्रा लागेजस्तो भए पनि नशाले छाडेसँगै निद्रा लाग्दैन । त्यसैले मदिरा पान गर्नु हुँदैन ।
प्रतिक्रिया