नागरिक सेवामा समर्पित हुनुपर्नेमा प्रदेश प्रमुखको जोड

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार नागरिक सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित कोशी प्रदेश सरकारको सातौँ वार्षिकोत्सव समारोहमा उनले प्रदेश सरकार जनताको सेवाका क्षेत्रमा दत्तचित्त भएर लाग्नुपर्छ भने । साथै उनले प्रदेशको विकास-निर्माण र शान्ति सुरक्षाका निम्ति पनि चनाखो हुन जरुरी भएको बताए ।
प्रदेश प्रमुख खापुङले भने, “संघीयता कार्यान्वयनका निम्ति आवश्यक कानुन बनिरहेका तथा प्रदेश सरकारले आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गरिरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको छोटो समयमा प्रदेश सरकारले महत्त्वपूर्ण काम गरेको छ ।”
उनले सात वर्षमा भएका विकास–निर्माणका कामलाई समेटेर प्रदेश सरकारले प्रकाशन गरेको पुस्तक पनि सार्वजनिक गरे ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार भौतिक विकाससँगै मानव संशाधन विकासमा पनि लागेको बताए । उनले भने, “सरकार पुँजी निर्माणसँगै गरिबी घटाउने प्रयासमा छ ।” पुँजी निर्माणका निम्ति आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गरिने उनको कथन थियो ।
मुख्यमन्त्री कार्कीले आगामी एक महिनाभित्र प्रदेश आन्तरिक राजस्व कार्यालय स्थापना गर्न सरकारले नीतिगत आधार बनाएको जानकारी दिँदै प्रदेशका कर्मचारीको वृत्ति विकासमा सघाउन सरकार गम्भीर छ भने ।
सभामुख अम्बरबहादुर विष्टले विविधतायुक्त कोशी प्रदेशमा राजनीतिक स्थायित्व भएमा विकास गर्न असहज नहुने बताए । उनले सरकारलाई दिगो आम्दानीको खोज र औद्योगिक विकासका निम्ति लगानी गर्न सुझाव दिए । मुख्यसचिव केदारनाथ शर्माले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान:कस्तो रहला आज देशभरको मौसम ?
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
प्रतिक्रिया