ऋतिककाे बलिउड डेब्यूको लागि घर धितो राखेकाे पिता राकेशकाे खुलासा

काठमाडाैं । फिल्म निर्माता राकेश रोशनले फिल्म ‘कहो ना प्यार है’ बनाउन आफ्नो घर धितो राखेको खुलासा गरेका छन्।
हालै एक अन्तरवार्तामा उनले यस्तो खुलासा गरेका हुन् । ऋतिकलाई भने यसबारे थाहा नभएको राकेशले बताए । ‘यो फिल्मको लागि मैले मेरो घर धितो राख्नु पर्यो। यद्यपि मैले यो कुरा ऋतिकलाई भनेको थिइनँ। यो कुरा श्रीमतीलाई मात्र थाहा थियो,’ उनले भने ।
फिल्मले राम्रो प्रदर्शन नगरेको भए आफुहरुले घर छोड्नुपर्ने अवस्था भएको उनले सम्झिए । ‘मसँग भएको पैसाले मैले मेरा सबै आवश्यकताहरू पूरा गरें। यदि फिल्मले राम्रो प्रदर्शन नगरेको भए अन्यत्र सर्नु पर्ने थियो, तर त्यसो भएन। मैले यो जोखिम लिएँ।’
ऋतिकले सन् २००० मा फिल्म ‘कहो ना प्यार है’ बाट बलिउडमा डेब्यू गरेका थिए। यस फिल्ममा उनको अपोजिटमा अमिषा पटेल देखिएकी थिइन्। १० करोड रुपैयाँको लागतमा बनेको यो फिल्मले विश्वभर ७८.९३ करोड रुपैयाँ कमाएको थियो।









सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
तरकीकाे मूल्य : आज गोलभेँडा प्रतिकिलो रु १००,गाजर रु १२५
दार्चुलामा भूकम्पकाे धक्का
भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया